लेखा समितिले प्रश्न उठाएपछि रोकियो रिलायन्सको आईपीओ

काठमाडौं । प्रतिनीधि सभाको अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रश्न गरेपछि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित भएको छ । लेखा समितिले प्रश्न नै गरेपछि नेपाल धितोपत्र बोर्डले प्रक्रिया तत्कालको लागि स्थगन गरेको हो ।

बिहिबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन हुँदै थियो ।
लेखा समितिले मंगलबार बोर्डलाई यो कम्पनीको आईपीओप्रति उठेका विषय स्पष्ट पार्न पत्र काटेको थियो । उक्त पत्र पछि प्रक्रिया रोकिएको हो । सुरुमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई भोलि बिहिबारदेखि आईपीओ निष्कासन हुँदै थियो ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको थियो ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स