नेप्से २३ अंकले बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । बुधबार, नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५२ लाख ९६ हजार कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एसबीएल डिबेन्चरमा १० र बलेफी हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
केबीएल डिबेन्चरको ८.६६, सिक्लेस हाइड्रोपावरको ८.३२, एनआईसी एसिया लघुवित्तको ७.८१, सिभिल बैंक डिबेन्चरको ७.४७, गणपति लघुवित्तको ७.११, जानकी फाइनान्सको ६.९१, नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको ६.२५, सानिमा बैंक डिबेन्चरको ६.०५ लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स