नेप्सेले गर्‍यो दुई लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । बुधबार नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।

दुवै कम्पनीको एकीकृत कारोबार भोलि असार २७ गतेदेखि शुरु हुने भएकाले नेप्सेले यी दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले दुवै कम्पनीको एकीकृत कारोबार ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम दुवै संस्थाको सेयर कारोबार असार २७ गतेदेखि लागू हुने गरी रोक्का गरेको जनाएको छ।

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । यी दुई संस्थाबीच २०८० साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स