आज राति यी ठाउँमा धेरै नै ठूलो पानी पर्ने

काठमाडौं । आज आर्थत् बिहिबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरै नै ठूलो पानी पर्ने संभावना रहेको छ । मौसम विभागले धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको रहेको बताएको हो ।

आज राति समग्र रुपमा हेर्दा देशभर साधारणतया देखि पूर्णतया बदली रहने विभागले बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स