प्रधानमन्त्रीको दावी भोलिनै पेश गर्ने कांग्रेस–एमालेको तयारी, को कसरी जाँदैछन् मन्त्रीमा ?

 

काठमाडौं । नयाँ सरकारका लागि भोलि नै दाबी पेश गर्ने कांग्रेस–एमालेले तयारी गरेका छन् । भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसकेमा दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारी कांग्रेस एमालले गरेको छ ।

अब बन्ने नयाँ सत्ता समीकरणमा कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व लिने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसका पूर्व उपप्रधानमन्त्री सिंहसहित सहभागी हुने भएको छ । यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सिंह कांग्रेस र एमालेबीचको सत्ता समीकरणमा उपप्रधानमन्त्री बनेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाने बताए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सिंहले कांग्रेसबाट नेतृत्व गरेर थिए ।

पुस १० मा भत्किएको कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएको थियो । कांग्रेस र माओवाीबीच गठबन्धन तोडिएपछि अहिले माओवादीले एमाले, रास्वपासँग गठबन्धन गरेको छ । उक्त सरकारले भोलि विश्वासको मत लिन लागेको छ ।

अहिले असार १७ मा कांग्रेस र एमालेको सत्ता सहकार्यको सहमति भएपछि सिंहलाई १० वर्षपछि सिंहदरबारको ढोका खुल्ने निश्चित देखिएको छ । यद्यपि सिंहको मन्त्रालय भने टुंगो लागि नसकेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट सिंहसहित रमेश लेखक र डा. आरजु राणा देउवा मन्त्री बन्ने पक्का भएको छ । बाँकी मन्त्री छनोट गर्न सभापति देउवा पार्टीमा आन्तरिक छलफलमै छन् ।

प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् मात्र गठन गर्न सकिने संवैधानिक व्यवस्था छ । २१ मन्त्री र ३ राज्यमन्त्री राख्न सकिने व्यवस्था छ ।

कांग्रेसले गृह र एमालेले अर्थ लिने असार २३ मै समझदारी भइसकेको छ । कांग्रेसले परराष्ट्र मन्त्रालय लिन चाहेको छ भने सरकारको नेतृत्व गर्ने एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने निश्चित जस्तै छ ।

भौतिक पूर्वाधार तथा यातायात एउटा दलले लिँदा अर्कोले ऊर्जा मन्त्रालय पाउने छ । सहरी विकाससँग पर्यटन, शिक्षासँग स्वास्थ्य, कानुनसँग सामान्य प्रशासन मन्त्रालयको भागबन्डा गर्ने मापदण्ड बन्ने छ । श्रम, उद्योग, खेलकुदसँग बालबालिका, कृषिसँग भूमिसुधार मन्त्रालयको भागबण्डमा हिसाब मिलाउने छलफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स