सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

एफपीओको निष्काशन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ ।

कम्पनीको एफपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आइएस) बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउने उद्धेश्यले एफपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले कुल जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधान छ ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्जर भएर बनेको यो कम्पनीको चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ छ ।

वोमी लघुवित्त र सूर्योदय लघुवित्तले मर्जरपछि कम्पनीले २०७८ चैत १९ गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स