टेक्निकल र फाइनान्सियल एनलाईसिस् भनेको के हो ?

मेखवहादुर थापा, डेपुटी प्रमुख कार्यकारी अधिकृत एनआईबिएल एस क्यापिटल

कम्पनी कसरी छनोट गर्ने ?
१. टेक्निकल र फाइनान्सियल एनलाईसिस् भनेको के हो ?

टेक्निकल एनलाईसिस् भनेको कुनै पनि कम्पनीको विगतका मूल्यको उतार–चढावको आधारमा त्यस कम्पनीको आगामी दिनमा हुन सक्ने मूल्यको अनुमान गर्नु हो भने फाइनान्सियल एनलाईसिस् अथवा फन्डामेन्टल एनलाईसिस् भनेको कुनै पनि कम्पनीको आधारभूत सूचकहरूका आधारमा कम्पनीको वास्तविक मूल्य निधारण गर्नु हो । टेक्निकल एनलाईसिस्ले मूल्यलाई बढी महत्व दिएको हुन्छ र मूल्यमा नै सम्पूर्ण तथ्य उजागर भएको हुन्छ भन्ने मान्यतामा विश्लेषण गरिन्छ । साथै History repeats itself भन्ने कुरालाई समेत मुख्य रुपमा अंगिकार गरिन्छ । त्यस्तै फाइनान्सियल एनलाईसिस्मा तथ्यमा आधारित रहेर वित्तीय सूचनाको मिहिन विश्लेषण गरिन्छ ।

२. टेक्निकल एनलाईसिस् कसरी गर्ने र कुन कुन सूचकमा ध्यान दिनुपर्छ ? टेक्निकल एनलाईसिस् गर्दा तथ्यांक कहाँबाट लिने ?

टेक्निकल एनलाईसिस् कम्पनीको मूल्य र कारोवार रकमको चार्टबाट टेक्निकल इन्डिकेटरर्सका साथै टेक्निकल टूलहरूको माध्यमबाट गर्न सकिन्छ । टेक्निकल इन्डिकेटरर्स /टूलहरू धेरै प्रकारका हून्छन् । सबै इन्डिकेटरर्सहरूको प्रयोग एकै साथ गर्नु भन्दा आफूलाई विश्वास र भरपर्दो लाग्ने केहि सूचकको मात्र प्रयोग गर्नु राम्रो हून्छ । जस्तै आरएसआई (RSI), एमएसीडी (MACD) ईएमए (EMA), र एमए (MA) आदि केहि प्राय प्रयोग हुने टेक्निकल इन्डिकेटरर्सहरू हुन् । यस बाहेक अरु Technical Indicator पनि हुन्छन् जसको प्रयोगले टेक्निकल एनलाईसिस् गर्न सकिन्छ । क्यान्डलस्टिक चार्टिङ टेक्निक, फिबोनासी रिटर्चमेन्ट लेभल, ट्रेन्ड लाइन, च्यानल बेस्ड मुभमेन्ट, आदिका प्रयोगबाट पनि टेक्निकल एनलाईसिस् गर्न सकिन्छ ।

टेक्निकल एनलाईसिस् गर्नका लागि धेरै प्लेटफर्महरू छन् । मेटा र्टेर्डस्, विभिन्न वेबसाईटमा रहेका ट्रेडिङ भिउहरू आदी प्रयोग गर्न सकिन्छ भने सिस्टम X, सेयर संसार जस्ता अरु कम्पनीहरूको केहि शुल्क तिरेर उक्त कम्पनीले प्रदान गरेको एबितायचm प्रयोग गरेर समेत प्रविधिक विश्लेषण गर्न सकिन्छ ।

३. फाइनान्सियल एनलाईसीस् गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? फाइनान्सियल एनलाईसिस् कसरी गर्ने र कुन कुन सूचकमा ध्यान दिनुपर्छ ? फाइनान्सियल एनलाईसिस् गर्दा तथ्यांक कहाँबाट कसरी लिने ?

फाइनान्सियल एनलाईसिस् गर्दा कम्पनीको आधारभूत पक्षमा विशेष ध्यान पुर्याउनु पर्छ । कम्पनीको मुख्य व्यवसायबाट भएको आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ, जस्ता सूचकहरूहरुलाई मुख्य ध्यान दिनुपर्छ । साथै कम्पनीको संचालक समिति र व्यवस्थापन समूहहरूको समेत सुक्ष्म रुपमा विश्लेषण गर्नुपर्छ ।

यसका साथै फन्डामेन्टल एनलाईसीस् गर्दा थूप्रै अनूपातहरू हेर्नुपर्छ । जस्तै पी/ई (P/E) अनुपात, पी/बी (P/B) अनुपात, पी/ओपी (P/OP) अनुपात आदि र यी अनुपातहरूको प्रतिस्पर्धी कम्पनीहरूको अनुपात तुलनात्मक विश्लेषण समेत गर्नु पर्दछ ।

फाइनान्सियल एनलाईसीस्को लागि तथ्यांङ्कहरू कम्पनीले प्रकाशित गर्ने त्रैमासिक र वार्षिक प्रतिवेदनबाट लिन सकिन्छ । यी रिपोर्टहरू कम्पनीको वेबसाइमा गएर डाउनलोड गर्न पाइन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स