काठमाडौं । बिहीबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ५० रूपैयाँ कायम भएको छ ।