सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.६७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, म्याद व्यतित भए पश्चात् सो सेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स