आगामी आवको बजेट बनाउन अर्थ सचिवका रुपमा रामेश्वर दंगाल आउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बनाउन अर्थ सचिवका रुपमा रामेश्वर दंगाल आउने भएका छन् । हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई गृह मन्त्रालयमा पठाएर दंगाललाई बजेट बनाउन ल्याउने तयारी अर्थमन्त्री डा.प्रकाशरण महतले गरेका हुन् ।

हाल दंगाल अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा सचिवका रुपमा कार्यभार सम्हालिरहेका छन् । २०७८ माघ १७ गते सचिव बन्नु अघि दंगाल अर्थ मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए । दंगालले २०७९ साउन २६ गते राजस्व सचिव बनेका थिए । दंगाल राजस्व सचिव बन्नु अघि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

यसअघि उनले आन्तरिक राजस्व कार्यालय, भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका थिए । अर्थतन्त्र सुधार्ने प्रमुख पाटो राजस्वलाई लिइन्छ । सरकारको ढुकुटी भर्ने भन्सार विभाग र आन्तरिक राजस्व विभागका काम गरेर टन्नै अनुभव हासिल गरेका दंगाललाई बजेट बनाउन ल्याउने तयारी भएको उच्च स्रोलले जानकारी दिएको छ ।

अर्थतन्त्र बुझेका सचिवको रुपमा परिचित दंगालले बनाएको बजेट भने कस्तो हुन्छ त्यो भने हेर्न नै बाँकी छ । हाल सरकारलाई ‘एस म्यान’ चाहिएको र अन्य सचिवले गृहमा आउन नमानेपछि अर्थ सचिव कृष्णहरि पुष्करलाई गृहमा तानेर अर्थमा दंगाललाई ल्याउन लागिएको हो । पुष्कर आफैमा गृह प्रशासन बुझेका प्रशासक पनि हुन् । चौका पारेर अर्थमा दोस्रो पटक सचिव बनेका उनी अहिले भने गृह जाने तयारीमा लागेका छन् ।

अर्थसचिव पुष्कर अघि गृहमा हालका बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायलाई ल्याउने खोजिएको थियो । उनले गृह आउन नचाहेपछि हालका अर्थ सचिव पुष्कर गृह र अख्तियारमा सचिव दंगाललाई अर्थमा ल्याउन लागिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स