सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक दोस्रो, ईपीएस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक बढी नाफा कमाउने बैंकको दोस्रो नम्बरमा परेको छ । यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बढी नाफा कमाउने दोस्रो बैंक बनेपनि बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेसँगै इम्पेरिमेन्ट चार्ज ५ अर्ब २६ करोड पुगेको छ । बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा रहेको छ ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ । बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स