काठमाडौं । बिहिबार साझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । गभर्नर नियुक्तिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपिषदको बैठक बस्नेछ । सम्भवत आजको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने बुझिएको छ ।
नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले आफ्नोतर्फबाट गभर्नर नियुक्ति गर्ने बताएका छन् भने ओली अर्को अडान लिएर बसेका छन् । अहिलेसम्म धेरै मान्छेको नाम चर्चामा आएपनि गभर्नर को हुन्छ वा बन्छ भन्ने अन्योलता नै छ ।
योग्य, सहि समयमा उचित निर्णय लिन सक्ने तथा अहिले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने सक्ने काबिल व्यक्तित्वले सहि ढंगबाट नेपाल राष्ट्र बैंक हाक्न सक्छ भन्ने हाम्रो बुझाइ हो ।
सभापति देउवाको बचन पाएपछि गभर्नर बन्नका लागि डा. भट्टले राजीनामा दिइसकेका छन् । उनको राजीनामा राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङगानाले स्वीकृत गर्न अस्वीकार गरेकी छन् । उनी आफै गभर्नरको दौड धूपमा छिन् ।
जहाँ जसरी कुरा भएपनि जतिसक्दो चाँडो गभर्नर नियुक्ति गर्न सरकारले ढिला गर्न हुँदैन । देशको अर्थतन्त्र निर्माणमा योगदान दिन सक्ने सक्षम व्यक्ति गभर्नरमा नियुक्ति होस् भन्ने आम नागरिकको चाहना हो ।
गभर्नर नियुक्ति गर्न भन्दै २०८१ चैत ११ गते मन्त्रिपरिषदले सिफारिस समिति निर्माण गरेको थियो । समितिमा सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूुर्व गर्भनर विजयनाथ भट्टराई र अर्थविद डा.विश्व पौडेल सदस्य थिए ।
पूर्व गर्भनर भट्टराईले गर्भनर नियुक्तिमा बिचौलिया हाबी भएको भन्दै राजिनामा दिएपछि उनको स्थानमा अहिले निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य नियुक्त भएका छन् । तर, हालसम्म पनि समितिको बैठक बस्न सकेको छैन ।