यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलरसहित युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको हो । हिजो पनि अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको थियो।

हिजो घटेको अस्ट्रेलियन डलरको मूल्य पनि आज बढेको हो।

आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा थियो।

युरो १ को खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा थियो।

आज पाउन्ड १ को खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ७० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा थियो।

बहराइन दिनार १ को खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स