ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर सर्वसाधारणले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र आफूले लिन चाहेको सेयर कित्ताको विवरण खुलाएर निवेदन दिन आग्रह गरेको छ।

बैंकले संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद प्रस्ताव गरिसकिएको जनाएको छ। साथै, सेयर खरीदकर्ता सर्वसाधारण संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स