आज राती यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । मौसम विभागको अनुसार पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स