साढे ५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख ६१ हजार कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १६ करोड २१ लाख, जानकी फाइनान्सको १३ करोड ५६ लाख, न्याङदी ग्रुप पावरको १३ करोड १६ लाख, ग्लोबल आईएमई लघुवित्तको १२ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स