साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा करेक्सन देखिएको छ ।

सोमबार, नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४ लाख ७५ हजार कित्ता सेयर ४ अर्ब ५६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको १५ करोड ५५ लाख, सीईडीबी हाइड्रोपावरको ९ करोड ६३ लाख, हिमालयन रि इन्स्योरेन्सको ९ करोड ४ लाख, निफ्राको ७ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स