काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंक विन्दुमा आइपुगेको छ ।
आज ८९ लाख १ हजार कित्ता सेयर ३ अर्ब ७१ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४१ लाख, युनाइटेड आईडीआई मर्दीको १२ करोड ५ लाख, पोखरा फाइनान्सको ८ करोड ७८ लाख, जानकी फाइनान्सको ७ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।