चार कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २९ लाख ५० हजार कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समृद्वि फाइनान्स र मिड सोलु हाइड्रोपावरमा १०%, साधना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गणपति लघुवित्तको ८.६४%, मनकामना स्मार्ट लघुवित्तको ८.०१%, माहुली लघुवित्तको ७.८७%, कुमारी धनवृद्वि योजनाको ७.४८%, अप्पर हेवा खोला हाइड्रोपावरको ६.४४%, सबैको लघुवित्तको ६.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स