तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख ३४ हजार कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुथेली बुखेरी हाइड्रोपावर, त्रिशुली जलविद्युतमा १०% र पीपल्स् पावरमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

मोलुङ हाइड्रोपावरको ९.४९%, सुपर माई हाइड्रोपावरको ८.९९%, समलिङ पावरको ९.९७%, एनआईसी एसिया म्यूचल फण्डको ७.४६%, गोर्खाज फाइनान्सको ७.१२%, सुपर मदी हाइड्रोपावरको ७.०७%, तेह्रथुम पावर कम्पनीको ६.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स