तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ९८ हजार कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समता घरेलु लघुवित्त, इन्फिनीटी लघुवित्त, साधना लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

विजया लघुवित्तको ९.७१%, आरएसडीसी लघुवित्तको ८.७१%, जनउत्थान सामुदायिक लघुवित्तको ८.३७%, मेरो माइक्रो फाइनान्सको ८.३०%, पोखरा फाइनान्सको ८.१०%, हिमालयन लघुवित्तको ७.६७%, मिथिला लघुवित्तको ६.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स