हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओ असोज २ गते मंगलबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता कित्ताका लागि आवेदन परेको थियो । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २४ लाख २७ हजार ७५० कित्ता सेयरको १२.८७ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २१ हजार ३८७ जनाले २०/२० कित्ता दरले आइपीओ प्राप्त गर्नछन् । सोहि मध्यका पाँच जनाले भने २१ कित्ता सेयर हात पार्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स