नेप्से २९ अंकले बढ्दा घोराही सिमेन्ट्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख ३७ हजारको कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, घोराही सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ७ करोड ६ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाख, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ३६ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स