काठमाडौं । बिहीबार, नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ३७ लाख ७३ हजार कित्ता सेयर १० अर्ब ७९ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको घटेको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्समा १०%, क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सम्पदा लघुवित्तको ७.०७%, एचआईडीसीएलको ६.७९%, सुपर मादी हाइड्रोपावरको ६.६८%, निफ्राको ५.७३%, मितेरी डेभलपमेन्ट बैंकको ५.६२%, सानिमा माई हाइड्रोपावरको ५.२८%, सिक्लेसको ५.२१%, इङवा हाइड्रोपावरको ५.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।