काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक जीवन बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
बिहीबार, सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।