‘इन्ट्रा डे’ कारोबार भनेको के हो ?

सामान्यतयः एकै दिन सेयर किन्ने र बेच्ने दुबै गर्न सकिने कार्यलाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । यसलाई नेपालीमा अन्तरदिन कारोबार पनि भन्न सकिन्छ । उदाहरणका लागि कसैसँग ‘ए’ भन्ने बैंकको सेयर छ, बिहान बजार खुलेदेखि कारोबार बन्द हुँदासम्म सेयरको मूल्य तलमाथि हुने आँकलन गरी बेच्ने वा किन्ने र फेरि बेच्ने निर्णय गरिन्छ ।

बेलुका सेयरको मूल्य घट्यो भने त्यही बिहान बेचेको सेयर घटेको मूल्यमा बेलुका किनेर बिहानको क्षतिपूर्ति गर्न सकिन्छ । बिहान बेच्यो अनि बेलुका त्यही सेयर किनेर पनि नाफा कमाउन तथा घाटा पूर्ति गर्न सकिन्छ ।

‘इन्ट्रा डे’ मा भएको कारोबारलाई एकमुष्ट गरी वार्षिक, अर्धवर्षिक, त्रैमासिक, मासिक, पाक्षिक वा साप्ताहिक रुपमा हिसाब जोडेर नाफा भए पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिन्छ ।

नेपालमा अहिले ‘इन्ट्रा डे’ कारोबार गर्न पाउने व्यवस्था छैन । नेपाल धितोपत्र बोर्डले ‘इन्ट्रा डे’ कारोबार गर्ने गरी सफ्टवेयर निर्माण गरिरहेको छ । ‘इन्ट्रा डे’ कारोबार गर्न पाउने व्यवस्था भएका बिहान किनेको सेयर बेलुका नै बिक्री गर्न पाइन्छ र बजार पनि स्थिर हुने लगानीकर्ताको बुझाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स