रसुवा भन्सारले ५८ करोड ५५ लाख जरिवाना उठायो

काठमाडौं । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवाको टिमुरेस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैंयाँ जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैंयाँ बराबरका मालसामान चीनबाट आयात भएको र एक अर्ब ८४ करोड ७६ लाख रुपैंयाँ बराबरका सामग्री निर्यात भएको छ ।

राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले जानकारी दिए। जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैंयाँ असुली भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स