जसपा नेपालको केन्द्रीय समितिमा ९ कार्यकारिणीसहित २ सय १५ सदस्य मनोनयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणी सहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् ।
जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्यमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन् ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स