दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ले प्राप्त गरेको छ ।

बेलायती सेफ आर्थनटनले दुई दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।

खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबू श्रेष्ठ कार्यरत छन् ।

सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुवात गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स