राष्ट्रिय जीवन बीमा संस्थानको व्यवसाय करिब ६ अर्ब

काठमाडौं । राष्ट्रिय जीवन बीमा संस्थाले ११ महिनामा झण्डै ६ अर्ब बाराबर प्रिमियम संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्त्यसम्म बीमा व्यवसाय गर्ने कम्पनीले प्रथम बीमा र नवीकरण बीमा ९ हजार पोलिसी जारी गरेर ५ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

सार्वजनिक तथ्यांक अनुसार कम्पनीले प्रथम बीमा ५० करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने नवीकरण बीमा व्यवसायबाट ५ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

११ महिनाको अवधिमा कम्पनीको व्यवसाय प्रतिशतको हिसाबले हेर्ने हो भनी सबै भन्दा बढि साउन महिनामा ६५४.०७ प्रतिशत गरेको देखिन्छ भने कम व्यवसाय चैत महिनामा ३.९३ प्रतिशत मात्रै भएको देखिन्छ ।

राष्ट्रिय जीवन बीमा संस्थानको जेठ महिनामा ३६.३६ प्रतिशत व्यवसाय भएको छ । वैशाख महिनाको तुलनामा कम्पनीको व्यवसाय कम हो । प्रथम बीमा र नवीकरण बीमाम ४४३ पोलिसी जारी गरेर १८ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सावर्जनिक तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी वैशाख महिनामा कम्पनीको व्यवसाय २४.४३ प्रतिशत भएको थियो । एक हजार २६६ पोलिसी जारी गरेर प्रथम बीमा ४ करोड ४७ लाख रुपैयाँ र नवीकरण बीमाबाट २५ करोड २६ लाख रुपैयाँ गरी २९ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको चैत महिनाको तुलनमा वैशाख महिनामा २४.४३ प्रतिशतले व्यवसाय बढी हो ।

चैत महिनामा कम्पनीले बीमा व्यवसाय ३.९३ प्रतिशत मात्रै गरेको थियो । फागुन महिनाको तुलनामा कम्पनीको व्यवसाय चैत महिनामा घटेको थियो ।

त्यसैगरी बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको व्यापार फागुन महिनामा २४ करोड ८७ लाख, माघमा २२ करोड ३७ लाख, पुषमा २३ करोड ३१ लाख, मंसिरमा २९ करोड ४८ लाख, कार्तिकमा १७ करोड ४१ लाख, असोजमा ४८ करोड ७४ लाख, भदौमा २२ करोड ५१ लाख, साउन महिनामा सबै भन्दा बढी ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स