सेरेस–३ को नयाँ मोडल सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस–३ को नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि अत्याधुनिक फिचर र क्षमताको समिश्रण भएको इलेक्ट्रिक एसयूभी नयाँ सेरेस–३ सार्वजनिक गरेको हो ।

सेरेस–३ सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको उपस्थितिमा सार्वजनिक गरिएको हो।

सेरेस थ्री सार्वजनिक गर्दै एमएडब्लू ग्रूपका अध्यक्ष विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप बलियो रहने बताए।

सेरेस–३ मा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५४ किलोवाट आवर क्षमताको छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस–३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।यसमा ३००ं किमी रेन्ज, १९० मिमी उचाइ, गियर प्रणाली स्वचालित जस्ता विशेषताहरु छन् ।

न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस–३ को नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स