शुभरोथ नेपालको प्राविधिक सहयोगमा धुलिखेलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । शुभरोथ नेपालको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा असार १३ गते बिहीबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ मा गुम्बा सहयोग परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर १२ का वडाध्यक्ष मोहनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा मार्फा काग्यु धर्म संरक्षण केन्द्रका उपाध्यक्ष फुन्जो गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामाजिक परीक्षण कार्यक्रम शुभरोथ नेपालका कार्यकारी निर्देशन थानेश्वर कोइरालले सञ्चालक गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी नाम्बा दोर्जे लगायतकाले आ–आफ्नो विचार राखेका थिए ।

कुनै पनि कार्यक्रम सञ्चालन पश्चात सामाजिक परीक्षण गर्नु जरुरी छ । सामाजिक परीक्षणले कार्यक्रमको प्रभावकारिता, लक्षित वर्गमा परेको प्रभाव, श्रोतको उचित उपभोग, कमिकमजोरीको विश्लेषण गरी भविश्यमा सुधार गर्नु पर्ने पक्षको मार्गदर्शन गर्न सहयोग गर्छ ।

सम्बन्धित लक्षित वर्ग, स्थानीय सरकारका प्रतिनिधि लगायत सबैले कार्यक्रम प्रभावकारी भएको बताएका थिए । साथै आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स