काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरे।

वीगंज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ। अब काठमाडौंमा अत्याधुनिक र एकिकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिएका छन्।

काठमाडौंमा डायग्नोष्सि सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ। हस्पिटलहरूको आफ्नै ल्याव पनि छ। तर अहिले पनि विश्वसनिय डायग्नोष्सिको लागि नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन्। सोहि अवस्थालाई हेरेर विश्वसनिय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ। हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छ/छैनन् अध्यन गर्नेछ। काठमाडौंको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले मंगलम डायग्नोष्टिक सेन्टरलाई प्रतिवेदन बुझाउने छ। त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रा।लि। आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स