साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावधिक जीवन बीमा
कम्पनीले यस बीमालेख अन्तर्गत ९ वर्षको अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

२. सावधिक तथा आजीवन जीवन बीमा
कम्पनीले यस बीमालेखमा ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ।

३. अग्रिम भुक्तानी सावधिक जीवन बीमा
कम्पनीले यस बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनस दर तोकेको छ।

४. अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना)
कम्पनीले यस बीमालेखमा ९ वर्ष अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स