सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २८७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स