सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ४२ लाख कित्ता सेयरको लकइन समयावधि आज सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन समयावधि आज सकिने भएको छ ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरू तथा कर्मचारीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता लकइनमा राखिएको सेयरको अवधि आज चैत २० गते समाप्त हुने भएको हो ।

जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए ।

साविकको ज्योति लाइफले २०७७ फागुन २३ गतेदेखि फागुन २८ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई २०७७ चैत १३ गते बाँडफाँट गरिएको थियो ।

लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स