काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा माघ १६ गतेदेखि लागू हुने गरी सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।