एलआईसी नेपालका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को सेयरधनीहरुको हात खाली हुने भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।

उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

बीमा प्राधिकरणले उक्त विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

कम्पनीले यस अघि आर्थिक वर्ष २०७७/७८मा पनि लाभांश वितरण गरेको थिएन।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स