सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले कम्पनीको प्रि अलोटमेन्ट भोलि सोमबार सम्पन्न गरि भदौ १३ गते बुधबार बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ७७ हजार ७४४ जना आवेदकहरुले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता सेयरको २.३२ गुणा बढी हो ।

कम्पनीको आईपीओमा अन्तिम समयसम्म परेको आवेदनको आधारमा आधा भन्दा बढीले सेयर नपाउने देखिएको छ । जसअनुसार १० कित्ताको दरले बाँडफाँट गर्दा पनि सेयर पाउने जम्मा ७ लाख ६८ हजार हुनेछन्।

कम्पनीले साउन ३२ गतेदेखि आज भदौ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कम्पनीको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स