मर्जरको असर रोजगारीमा, बीमा क्षेत्रमा कार्यरत कर्मचारी ३९३ ले घटे

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आवको चैतमा पुुँजी वृद्धि योजना ल्याएपछि बीमा कम्पनीहरू मर्जरमा गएपछि यस क्षेत्रमा कार्यरत ३९३ कर्मचारीको रोजगारी गुमेको छ । गत चैतमा ४० वटा बीमा कम्पनीमा ११ हजार ८४६ जना कर्मचारी कार्यरत थिए । चालु आवको चैतमा सो क्षेत्रमा कार्यरत कर्मचारीको संख्या घटेर ११ हजार ४५३ जनामा सीमित रहेको छ ।

प्राधिकरणले लिएको पुँजी वृद्धि योजनासँग पुँजी पुर्याउन गाह्रो हुने कम्पनीहरू एक आपसमा मर्जरमा जान थालेपछि बीमा कम्पनीहरूको कार्यालय संख्या र कर्मचारी दुबै घटेका हुन् । गत आवको चेतदेखि यो आवको चैतसम्म बीमा कम्पनीहरूले १८३ वटा आफ्ना कार्यालय घटाएका छन् । गत आवको चैतमा ३ हजार ३३७ वटा बीमा कम्पनीको कार्यालयहरू रहेकोमा अहिले घटेर ३ हजार १५४ वटा मात्रै रहेका छन् ।

मर्जरमा जान निर्णय गरेका केहि कम्पनीहरूले स्वेच्छिक अवकास लिने सक्ने योजना पनि ल्याएका थिए । सो कारण कर्मचारी निष्कने तथा कतिपय कम्पनीले जर्वजस्ती अवकास लिन लगाएका र कतिपय कर्मचारी आफैले जागीर छाडेका कारण पनि कर्मचारी संख्या घटेका प्राधिकरणले बताएको छ ।

२०७९ साउन १ गते हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बन्यो । सानिमा र जनरल इन्स्योरेन्स मर्ज भएर सानिमा जनरल इन्स्योरेन्स कम्पनी बन्यो । सिद्धार्थ र प्रिमियर मर्ज भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बन्यो ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सलिको बन्यो । आईएमई र प्रुडेन्सियल इन्स्योरेन्स बनेर आईएमई प्रुडेन्सियल इन्स्योरेन्स बन्यो । अजोड र युनाइटेड मर्ज भएर यूनाइटेड अजोड इन्स्योरेन्स बन्दैछन् । यी दुई कम्पनीबीचको मर्ज असार मसान्तसम्ममा गरिसक्ने गरी तयारी भईरहेको छ । एक वर्षअघि २० वटा निर्जीवन बीमा कम्पनी रहेकोमा अब १४ वटामा सीमित हुने भएका छन् ।

जीवन बीमा कम्पनी तर्फ सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स भएको छ । सानिमा लाइफ र रिलाइन्स लाइफ मर्ज भई सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स भएका छन् । यूनियन, प्राइम र गुराँस लाइफ मर्ज भई हिमालय लाइफ इन्स्योरेन्स बनेको छ । प्रभु र महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ बन्दैछन् । १९ वटा जीवन बीमा कम्पनी पनि १४ वटामा झर्दैछन् । जीवन बीमा कम्पनी अझ घट्ने क्रम बढ्दैछ ।

नेपाल लाइफ र सूर्य ज्योति लाइफबारे पनि मर्जको छलफल भैरहेको छ । नेपाल इन्स्योरेन्स र नेको इन्स्यारेन्सका प्रवद्र्धकबीच मर्जको विषयमा कुरा भईरकेको छ । आइएमई लाइफ र रिलायवल लाइफबीच मर्जको सम्भावना पनि रहेको बताइन्छ ।

जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स