भिडियो र अन्तर्वार्तामार्फत् महिलाको चरित्र हत्या गर्ने ४ युट्युबर पक्राउ

काठमाडौं । युट्युब च्यानलमार्फत् महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहित विवरण प्रसारण गर्ने ४ युट्युबर पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार विभिन्न युट्युब च्यानल सञ्चालनगरी उक्त च्यानलहरु मार्फत् पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई नीजप्रति घृणा वा द्वेष फैलाउनेलाई पक्राउ गरिएको हो ।

विद्युतीइ कारोबार एने, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई ४ युट्युब सञ्चालकलाई असोज १३ गते पक्राउगरी म्याद थप गरी अनुसन्धान गरिएको साइबर ब्यूरोको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

हेडलाइन्स