यति धेरैले घट्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ४४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स