कोदोको रक्सीमा अन्त: शुल्क उठाउन बन्यो रोड म्याप, ७५० एमएलमा २५० रुपैयाँ प्रस्ताव

काठमाडौं । परम्परागत मदिरा उत्पादनलाई ब्राण्डिङ गर्ने बहस सुरु भएको छ । नेपालमा उत्पादन हुँदै आएको घरेलु मदिरा लोकप्रिय समेत छ । केहि मदिरा विदेश समेत निर्यात हुन थालेको छ ।

तर यसको राम्रो ब्राण्डिङ भने भएको छैन । मदिराको अन्त:शुल्क तथा अन्यकर कसरी संकलन गर्ने त्यसमा समेत स्पष्ट नीति छैन ।
तर अहिले सरकारले घरेलु तथा रैथाले मदिरालाई व्यवस्थित तथा ब्राण्डिङको लागि परामर्शदाताबाट एक अध्ययन गरेको छ ।
अहिलेको बजार र कर उठाएर तय गर्न सक्ने मूल्य सहितको अध्ययन भएको हो । परामर्शदाताले अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा कर समेतको प्रस्ताव भएको छ ।

परामर्शदाताले तयार गरेको रोड म्यापमा धेरै प्रकारको मदिरा रहेको र तिनलाई उत्पादन अनुसारको मूल्य पर्ने गरि व्यवस्थापन गर्नु पर्ने उल्लेख गरेको छ ।

साथै परामर्शदाताले उपभोक्ताहरु माझ पुगेर ब्राण्ड तय भैसकको मदिराको तुलनामा घरेलु मदिरा कतिसम्म तिर्न सकिन्छ भन्ने विषयमा सर्वेक्षण गरेको छ ।
उक्त सर्वेक्षणको आधारमा परामर्शदाताले कर तय गरि मूल्यको सिफारिस गरेको हो ।

घरेलु तथा रैथाने मदिराको लागि प्रतिवेदनमा मुल्य अभिवृद्धि करको प्रचलित १३ प्रतिशत दर यथावत कायम राख्ने वा लागु गर्नुपर्ने बताइएको छ ।

कोदोको रक्सीको हकमा परम्परागत तरिकाले उत्पादित भई गुणस्तर र सफा उत्पादनस्थलको प्रत्याभुति भएमा हाल प्रचलित गुणस्तर भोड्का (रुस्लान वा ८८४८) को बजार मूल्यको तुलनामा ४०।४५ प्रतिशतसम्म मात्रै कायम गर्न भनिएको छ ।

परम्परागत मदिराको बजार मूल्य भएमा उपभोक्ताले सजिलै परम्परागत कोदोको रक्सि खरिद गर्ने परामर्शदाताको भनाई छ ।

कोदोको रक्सी ७५० एमएल बोटलको बजार मूल्य करिब ९०० रुपैयाँ भनिएको छ । ३० युपि शक्ति रहेको खण्डमा ९०० रुपैयाँ सम्म मूल्य कायम गर्न सकिने बताइएको हो ।

त्यस्तै ५० युपि शक्तिको हकमा ६५० रुपैयाँको आसपास र ७० युपि शक्तिको हकमा ३२० भन्दा कम भएमा बजारमा प्रवेश गर्न सक्ने सर्बेबाट देखिएको प्रतिवेदनमा बताइएको छ ।

यो मूल्य अनुसार कोदोको रक्सी ७५० एमएल रहेको छ भने अन्तशुल्क २५० रुपैयाँ कायम गर्न सकिने छ । युपिशक्ति ५० रहेको खण्डमा १५० रुपैयाँ अन्तशुल्क जोड्न सकिने छ । त्यस्तै गरि ७० रहेको खण्डमा भने ६० रुपैयाँ अन्तशुल्क लगाउन प्रस्ताव भएको छ । यसमा १३ प्रतिशत भ्याट समेत समावेश गनुपर्ने छ ।

७५० एमएल कोदोको रक्सी ३० युपि शक्तिको लागि कारखाका मूल्य ५ सय ११ रुपैयाँ कायम गर्न सकिने बताइएको छ । त्यस्तै गरि ५० युपि शक्तिको लागि ४ सय १६ रुपैयाँ र ७० युपि शक्तिको लागि २ सय ११ रुपैयाँ तोक्नि सकिने समेत परामर्श दाताको प्रतिवेदनले देखाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स