सुनको मूल्य बढ्दा चाँदीको घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १६ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १६ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स