न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बुले गरे ।

शोरुमका सफलताका लागि शुभकामना दिर्दै माननियले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिंगो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताए । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए ।

न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स