व्यवसायमा विकल्प खोज्नुपर्ने चेम्बर्सको निष्कर्ष

काठमाडौं । भक्तपुर चेम्बर्स अफ कमर्सले व्यवसायीहरुले अब नयाँ विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको बताएको छ । भक्तपुर चेम्बर्स अफ कमर्सले आज मध्यपुरथिमिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कमर्सका भक्तपुर अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यवसायीहरुले नयाँ व्यावसायिक सम्भावनाहरुको खोजी गर्नुपर्ने बेला आएको बताए ।

अब एक्लाएक्लै नभई सामूहिक लगानीमा व्यवसायीलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिँदै उनले व्यावसायिक समस्या र चुनौतीहरुसँग जुध्न सक्षम बनाउन सरकारी तथा स्थानीय निकायसँग माग मात्र राखेर समस्याको समाधान नहुने भएकाले व्यवसायमा वैकल्पिक उपायहरु खोज्नुपर्ने बताए ।

भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास श्रेष्ठले चेम्बर भक्तपुरले गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योग वाणिज्य तथा समान उद्देश्य भएका अन्य सङ्घसंस्थासँग समन्वय र सहयोग आदानप्रदान गर्दै सामाजिक सेवामा पनि क्रियाशील रहँदै आएको बताए ।

कार्यक्रममा जिल्ला चेम्बरका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने चेम्बर भक्तपुरका सल्लाहकार रोशन भोयद्योले उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको संरक्षण, विकास र एकताका लागि कार्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स