हाम्रोअर्थको कार्यकारी सम्पादकमा दीपक भट्ट

काठमाडौं । परिसूचक मिडिया प्रालिद्वारा सञ्चालित हाम्रोअर्थ डटकमको कार्यकारी सम्पादकमा दीपक भट्ट नियुक्त भएका छन् ।

परिसूचक मिडिया प्रालिको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले दीपक भट्टलाई कार्यकारी सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले आज जेठ १४ गतेबाट कार्यभार सम्हालेका छन् ।

एक दशकदेखि आर्थिक पत्रकारिता गर्दै आएका भट्टसँग आर्थिक दैनिक र नेपालखबर डटकममा काम गरेको अनुभव छ ।
परिसूचक मिडिया प्रालिका अध्यक्ष सोबितराम कार्कीले कार्यकारी सम्पादक भट्टको आगमनबाट हाम्रोअर्थ डटकमले थप उचाइ हासिल गर्नेे विश्वास व्यक्त गरे ।

सल्लाहाकार सम्पादक श्रीधर खनालले पत्रकारितामा टिमवर्क महत्वपूर्ण रहेको र सम्पादकीय टिममा सक्रिय व्यक्तिको आगमनले झनै ऊर्जा दिने बताए । त्यस्तैगरि कार्यकारी सम्पादक भट्टलाई स्वागत गर्दै सम्पादक मेनुका कार्कीले अब आफूलाई आत्मबल बढेको बताइन् । हाम्रोअर्थ सुरु भएको ३ वर्षमा एक खालको परिचय पाईसकेको र अब थप उचाइ बढ्न सहयोग हुने उनले विश्वास व्यक्त गरिन् ।

नवनियुक्त कार्यकारी सम्पादक भट्टले आफूले सिकेको सिप, अनुभवको आधारमा समाचार कक्षको नेतृत्व गर्ने बताए । उनले भने ‘आफ्नो कार्यानुभव, सिप र आफूसँग भएको समाचार स्रोतको आधारमा समाचार कक्षको नेतृत्व लिनेछु ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स