एसईईको रिजल्ट यी १५ तरिकाबाट थाहा पाउन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयसानोठिमीले केहि दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको समेत जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच ठाउँको एसएमएस रहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएमएसबाट हेर्न मिल्नेमा नेपाल टेलिकम (१६००), स्विफ्ट टेक्नोलोजी(३४५४५), जानकी टेक्नोलोजी प्रालि(३५००१), इजी सर्भिस प्रालि (३४९४९), आकाश टेक प्रालि (३१००३) रहेको छ । नेपाल टेलिकमको भने आईभीआर बाट समेत थाहा पाउन सकिने छ ।

वेवसाइटबाट हेर्न सकिनेमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, राष्ट्रिय परीक्षा बोर्ड सानोठीमिको वेवसाईट, नेपाल टेलिकमको वेवसाईट, स्विफ्ट टेक्नोलोजीको वेवसाईट, इडियु संजालको वेवसाइट, कान्तिपुर पब्लिकेशनको वेवसाइट रहेका छन् ।

त्यस्तै गरि खल्ति प्रालि, इसेवा लिमिटेड, फोनिक्स एजुकेशन फाण्डेशन , एनसेल आजियाटा लिमिटेडको वेवसाईटबाट समेत हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स