विदेशी मुद्रा सञ्चिति २० खर्ब नजिक, १५ महिना भन्दा बढिको वस्तु आयात धान्ने

काठमाडौं ।विदेशी मुद्रा सञ्चिति निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ ।

नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिले १५ दशमलव १ महिनाको वस्तु आयत धान्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै गरि वस्तु र सेवा गरेर समेत १२ दशमलव ६ महिनालाई धान्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स