अर्थमन्त्रीले पाएनन् राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने व्यक्ति

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलाई अर्थ मन्त्रालय मातहतको महत्वपूर्ण संस्थानको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्त गर्ने अवसर छ । चैत अन्तिममा किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि अहिले राष्ट्रिय वाणिज्य बैंकमा सीईओ पद खाली छ ।

उक्त पदमा आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्ने अवसर अर्थमन्त्री पुनलाई आएको हो । अर्थमन्त्री पुनले यो अवसर बुझेको समेत देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको सीईओको तत्काल नियुिक्त गर्न तर्फ अग्रसर देखिएका हुन् । वैशाख ७ गते सीईओ नियुक्तिको लागि आवेदन खुलेको छ । जुन अर्थमन्त्री पुनको नै निर्देशनमा भएको हो ।

७ गते एक सुूचना जारी गर्दै बैंकले २१ दिन भित्र आवेदन दिन भनेको छ । आवेदन दिन चाहनेको योग्यता समेत तोकिएको छ । व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ ।  शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ ।

तर, आवेदन भएको करिव १ हप्ता बितिसक्दा कुन व्यक्तिलाई सीईओको रुपमा अघि सार्ने अर्थमन्त्री पुनले भेउ नै पाएका छैनन् । अर्थात् उनले व्यक्ति नै नपाएको देखिएको छ ।

अर्थमन्त्री पुन संस्था चलाउन सक्ने पार्टी निकट व्यक्तिको खोजि गरिरहेका छन् । तर, त्यस्तो व्यक्ति उनले अहिलेसम्म नभेटेको अर्थ मन्त्रालय स्रोतले जानाकारी दिएको छ ।

अर्थमन्त्री पुन पार्टीको निकट अर्थतन्त्र बुझेको र भविष्यमा समेत सम्बन्ध कायम राखिरहने व्यक्ति खोजिरहेका छन् । आवेदनको समय अझै बाँकि रहेकोले अर्थमन्त्री पुनले आफू अनुकूलको व्यक्ति खोजेर आवेदन गराउन सक्ने देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स